२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जम्बो टोली लिएर भ्रमणमा गएका प्रशासकीय अधिकृत डेढ महिनापछि फर्किए

अ+ अ-

काठमाडौँ । जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल कार्यालयको कामकाज ठप्प हुने गरी करिव डेढ महिना निजी भ्रमणमा गएर फर्किएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत पोखरेल सामाजिक शाखाका कर्मचारीसहित जम्बो टोली लिएर भारतको गोवा, बाबाधाम, वैष्णोदेवी, ओमशान्ति लगायत तीर्थाटन गएका हुन् ।

उपमहानगरका उपप्रमुख भोला अधिकारीले कार्यालयको कामकाज ठप्प हुने गरी कार्यालयका अधिकृत बोकेर प्रशासकीय प्रमुख निजी भ्रमणमा गएको भन्दै आपत्ति जनाएका छन् ।  प्रशासकीय प्रमुख नहुँदा यतिन्जेल कार्यालयको काम ठप्प भएको उनले बताए ।

नगर प्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृत पोखरेलले २२ दिनको मात्रै बिदा स्वीकृत गराएको जनाए । नगरसभाबाट पारित भएका योजना कार्यान्वयन गर्ने, कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त कामका खटाउने प्रमुख जिम्मेवार व्यक्ति नै गैर जिम्मेवार ढङ्गले अधिकृत बोकेर आफूखुसी हिँडेको उपप्रमुख अधिकारीको आरोप छ ।

पोखरेलले सामाजिक शाखाका प्रमुख हरिकिशोर साह कानुसहित अन्य कर्मचारीलाई लिएर पहिलो चरणमा २२ दिनका लागि भारतको गोवा र वैष्णोदेवी गएका थिए भने दोस्रो चरणमा बाबाधाम पुगेको उपमहानगर स्रोतले जनाएको छ । भ्रमण टोलीमा सहभागी सामाजिक शाखाकी कर्मचारी दुर्गा न्यौपानेले पहिलो चरणको भ्रमणमा प्रमुख प्रशासकीय प्रमुखसँग गएको तर दोस्रो चरणमा को-को गएको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताइन् ।

उपमहानगरले हरिकिशोर साहलाई डेढ महिना अघि नै सामाजिक शाखाबाट वडा नं २३ को वडा कार्यालयमा सरुवा गरेको थियो तर उपमहानगरको निर्णय अटेर गरेर साह सामाजिक शाखामै बसेका छन् । उपमहानगरको निर्णय अटेर गर्ने कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले नै संरक्षण गर्दै तीर्थाटनमा लगेको भन्दै अन्य कर्मचारी चकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस