२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तिम बल अगाडि नै भारतले अष्ट्रेलियालाई हरायो

अ+ अ-

काठमाडौँ । भारतले तेस्रो तथा अन्तिम टी-२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै ३ खेलको सिरिज जितेको छ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले सूर्यकुमार यादव र विराट कोहलीको उत्कृष्ट ब्याटिङमा १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। उसका लागि यादवले ३६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए। यस्तै कोहलीले ४८ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए।

एक समय ३०-२ को स्थितिमा रहेको भारतलाई यादव र कोहलीले ६२ बलमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

त्यसअघि ओपनर लोकेश राहुल एक रनमा आउट हुँदा कप्तान रोहित शर्माले १४ बलमा २ चौका र १ छक्कासहित १७ रन जोडे। हार्दिक पाण्ड्याले १६ बलमा २५ रन बनाउँदा दिनेश कार्तिक १ रनमा अभिजित रहे।

भारतलाई अन्तिम ६ बलमा ११ रन आवश्यक थियो। पहिलो बलमा कोहलीले छक्का हान्दै भारतनलाई सहज जित नजिक पुर्‍याए। तर दोस्रो बलमा कोहली आउट भए। तेस्रो बलमा दीनेश कार्तिकले एक रन जोडे। चौथो बलमा साम्सले डट राखेपछि दुई बलमा चार रन चाहिएको भारतका लागि पाँचौं बलमा हार्दिकले चौका प्रहार गर्दै अन्तिम बल अगाडि नै जित पक्का गरे।

अष्ट्रेलियाका लागि ड्यानियल साम्सले २ विकेट लिँदा जोश हेजलवुड र प्याट कमिन्सले एक-एक विकेट हात पारे।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। उसका लागि ओपनर क्यामरन ग्रीन र टिम डेभिडले बिस्फोटक ब्याटिङ गर्दै अर्धसतक पुरा गरे।

ग्रीनले २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रन बनाउँदा डेभिडले २७ बलमा चार छक्का र २ चौकासहित ५४ रन बनाए। डेविडले २५ बलमा अष्ट्रेलियाका लागि पहिलो अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरे। ग्रीनले १९ बलमा आफ्नो ५० रन पूरा गरेका थिए।

ड्यानियल साम्सले २० बलमा १ चौका र २ छक्कासहित २८ रन जोडे। कप्तान आरोन फिन्चले ७ रन बनाउँदा ग्लेन म्याक्सवेलले ११ बलमा ६ रन जोडे। स्टिभ स्मिथ ९ रनमा आउट हुँदा जोश इंग्लिसले २४ रन बनाए। म्याथ्यु वेड एक रनमा कट एण्ड बोल्ड भए।

भारतका लागि अक्षर पटेलले सर्वाधिक ३ विकेट लिए। भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एक(एक विकेट हात पारे। यो जितसँगै भारतले तीन खेलको सिरिज २-१ ले जित्यो। पहिलो खेलमा अष्ट्रेलिया ४ विकेट र दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस