२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गतामैत्री बनाउन मन्त्रालयको भौतिक परीक्षण

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भौतिक परीक्षण गरेको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेश समितिको पहलमा सम्बन्धित सरोकारवाला निकाय समेत रहेको मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच, भौतिक अवस्था,  पहुँचसहितका विषयमा भौतिक परीक्षण गरिएको हो ।

विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा सेवा पाउनबाट के कस्तो रूपमा अवरोध भएको छ भन्ने विषयमा भौतिक परीक्षण गरिएको  राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल लुम्बिनी प्रदेशका संयोजक सरोजा भण्डारीले जानकारी दिइन् । उनका अनुसार कार्यालयमा सहज रूपमा प्रवेशको लागि ¥यामको  सुविधा, शौचालय, सूचना बोर्ड, कार्यालयमा सहज पहुँच लगायतको विषयमा परीक्षण गरिएको हो । 

लमही नगरपालिकाका सब इन्जिनियर रजना पोख्रेल र विमला भट्टराईले राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार कार्यालय भवन, सेवा प्रवाहको अवस्थाको विषयमा भौतिक परीक्षण गरेका थिए । मुख्य सडकदेखि मन्त्री, कार्यालयका प्रमुख सचिवसहितको अन्य बैठक कोठा लगायतमा नाप जाँच गरिएको हो । जसअनुसार कार्यालयको नागरिक बडापत्र नै नभएको, सेवा प्रवाह गर्न आउने सेवाग्राहीका लागि सूचना पार्टी नभएको, शौचालय अपाङ्गतामैत्री भए पनि सोही अनुसारको ह्विलचियर जान सक्ने गरी निर्माण नगरिएको पाइएको, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थीले जानकारी दिए । भौतिक परीक्षण कार्यक्रममा सहभागी राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य पीताम्बर लम्सालले सेवा प्रवाहका लागि बहिरापना भएका व्याक्तिहरुलाई  दोभाषेको व्यवस्थापन  गर्नुपर्ने बताए ।

मन्त्रालयका उपसचिव तथा प्रशासन महाशाखा प्रमुख डिल्लीराज बेल्बासेले मन्त्रालयको आफ्नै भवन नभएको कारण कर्मचारी समेत व्यवस्थापन गर्न नसकिएको बताउँदै सेवा प्रवाहलाई के कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा अधिकतम प्रयास गर्ने बताए । उनले अपाङ्गता भएका समुदायको काम गर्ने भनेर नै स्थापना भएको मन्त्रालयले  सो समुदायको लागि निरन्तर पहल गर्ने समेत प्रतिबद्धता जनाए । भौतिक परीक्षण कार्यक्रममा दृष्टिविहीन सेतो छडी प्रयोगकर्ता, शारीरिक अपाङ्गता, बहिरा, अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्याक्तिहरुसहितको सहभागिता रहेको भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस