२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय शिक्षा ऐन राष्ट्रियसभामा पेस गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । संघीय शिक्षा ऐनको विधेयक राष्ट्रियसभामा पेस गरिने भएको छ । हाल प्रतिनिधिसभा नरहेको अवस्थामा सरकारले उक्त विधेयक राष्ट्रियसभामा पेस गर्ने तयारी गरेको हो । 

उक्त विधेयक हाल मन्त्रिपरिषद् अन्तर्गतकै विधायन समितिमा छलफलको क्रममा छ । उक्त समितिबाट पारित भएर पुनः मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेमा राष्ट्रियसभामा पेस गरिने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

राष्ट्रियसभाले पारित गरेको खण्डमा नयाँ आउने प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ । त्यसपछि प्रतिनिधिसभाले पारित गरेर पुनः राष्ट्रियसभामा पेस गरिनेछ । त्यहाँबाट पुनः पास भएर राष्ट्रपति समक्ष पेस गरिनेछ । 

राष्ट्रपतिले प्रमाणित गरेर राजपत्रमा प्रकाशित गरेपछि मात्रै ऐन कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभामा पेस गरिसकेपछि उक्त विधेयक सरकारको सम्पत्ति हुनेछ । चुनावपछि बन्ने नयाँ सरकारले उक्त विधेयकमा तलमाथि नगरोस् भनेर शिक्षा मन्त्रालयले यस्तो जुक्ति लगाएको हो ।

शिक्षा मन्त्रालयले तयार पारेको ऐनको मस्यौदा लामो समय अर्थ र कानुन मन्त्रालयमा अड्किएर बसेको थियो । ४ महिना भन्दा बढी समय दुवै मन्त्रालयमा अड्किएपछि प्रतिनिधिसभामा पेस गर्न ढिलाइ भएको शिक्षा मन्त्रालयले जनाएको छ । 

शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐनसँगै अन्य ५ वटा ऐन निर्माणको क्रममा राखेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन राय सुझावका लागि कानुन मन्त्रालयमा पठाइएको बताए । त्यस्तै अन्य ऐन समेत विभिन्न निकायमा छलफल तथा परामर्शको क्रममा रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस