काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं.१ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनमा भागबण्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफूले छोड्न परेको बताए । नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिए पनि निर्वाचन जित्ने आँट र साहस लिएर अगाडी बढेको बताए ।