३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली टीभी च्यानलमा विश्वकपको ‘एक्सक्लुसिभ’ प्रसारण, ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने !

अ+ अ-

काठमाडौँ । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु नेपालभित्र नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका छन् ।

अघिल्ला विश्वकपहरुमा झैं यसपटक नेपालमा बसेर विदेशी टेलिभिजन च्यानलमा विश्वकप हेर्न पाइने छैन । फिफाले नेपालका लागि यसपटक ‘एक्सक्लुसिभ’ प्रसारण अधिकार दिएका कारण विदेशी च्यानलबाट विश्वकप हेर्न नपाइने भएको हो ।

नेपालका लागि विश्वकपको प्रसारण अधिकार मिडिया हबले किनेको छ, जसले केही दिनमै प्रसारण हुने टेलिभिजन च्यानलको टुंगो लगाउने छ ।

मिडिया हबका अध्यक्ष सोम धितालले हिमालय टेलिभिजनमार्फत् विश्वकप देखाउने गरी समझदारी भइसकेको र केही दिनमै कानुनी प्रकृया टुंगाएर घोषणा गरिने जानकारी दिए ।

ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने
यसपटकको विश्वकप हेर्न ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छ । विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको धितालले जानकारी दिए । ‘अघिल्ला विश्वकपमा विदेशी च्यानलले देखाउँथे, उनीहरुका प्याकेज किन्न नेपालले अरबौं रुपैयाँ तिर्नु पर्दथ्यो, यसपटक किन विदेशी च्यानललाई दिने, पे मोडलमा हामी आफैं काम गरौं भन्ने लागेर एक्सक्लुसिभ अधिकार लिएका हौं’ धितालले भने, ‘यसमा टेलिभिजन सिग्नल वितरक साथीहरुले पनि उत्साह थपिदिनुभएको छ ।’

नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरिसकेको छ । जसअनुसार गत शुक्रबार नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् । डीसहोम, सुविसु लगायतका एमएसओ र आईपीटीभी सेवा प्रदायकहरुसँग सघन कुराकानी भइरहेको र छिटै सम्झौता हुने धितालले जानकारी दिए ।

‘सबै एमएसओ र केबललाई साथमा लिएर काम गर्न खोजिरहेका छौं,’ धितालले भने, ‘नेपाली टेलिभिजन उद्योग र विज्ञापन बजार चलायमान बनाउने यो असवरलाई सबै मिलेर सफल बनाउँछौं ।’

झण्डै एक महिना चल्ने विश्वकप हेर्नका लागि प्रतिसेटअप बक्स करिव ५ सय रुपैयाँ शुल्क लगाउने गरी छलफल भएको बुझिएको छ । यो शुल्क ग्राहकबाट कसरी लिने भन्ने विषयमा विभिन्न टेलिभिजन सेवा प्रदायकले आ(आफ्ना स्किम बनाउन सक्नेछन् । जसको लाभ ग्राहकलाई हुने छ ।

सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ । यसपटक नयाँ मोडलमा काम गर्नका लागि टेलिभिजन उद्योगका बिभिन्न स्टेकहोल्डरसँग सहकार्य गर्न लागिएको धितालले बताए।

प्रतिक्रिया दिनुहोस