२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए : झलनाथ

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा विघटनको पक्ष विपक्षमा अन्तिम दिन पनि नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ।

संसदमा सम्बोधन गर्दै केपी ओलीले तत्कालीन अवस्थामा आफूले गरेको विघटनको बचाउ गरेपछि विघटनको विपक्षमा रहेका नेताहरुले त्यसको प्रतिवाद गरे।

ओलीले आफूले संविधानअनुसार विघटन गरेको संसदलाई गैरसंवैधानिक रुपमा परमादेश गरेर ब्युँत्याइएको भन्दै बचाउ गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जसले जे बोले पनि हुने भन्दै’ जवाफ फर्काए।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि संसद बचाइदिएका कारण नै ओलीले भाषण गर्न भएको भन्दै व्यंग्य गरे।

उनले भने, ‘अघि विपक्षी दलका नेताले यहाँ भाषण गर्नुभयो। हामीले संसद बचाइदिएकाले नै उहाँले बोल्न पाउनुभयो। नत्र झापामा गएर बोल्नु पर्थ्यो, कसले सुन्थ्यो उहाँको कुरा?’

अब गठबन्धन संस्कार
सम्मानित नेता खनालले देशमा गठबन्धनको आवश्यकता झन् बढ्दै गएको जिकिर गरे। उनले निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत आउन नसक्ने भएकाले गठबन्धन अनिर्वाय भएको उल्लेख गरे।

काँग्रेससँगको गठबन्धनप्रति खासै इच्छुक नरहेका खनाल शनिबार भने खुलेर पक्षमै बोले। निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत ल्याउन सकिँदैनँ।

नेपाल अब गठबन्धन संस्कारको सुरुवात भयो,’ खनालले अगाडि भने, ‘गठबन्धन मिलेर नै ठूला काम भएका छन्। २००७, २०४६, २०६३ को आन्दोलन गठबन्धनकै कारण सफल भएको हो। २०७४ मा पनि गठबन्धन गरेरै दुई तिहाई बहुमत ल्याएको हो।’

उनले एमालेले राजावादी राप्रपासँग गठबन्धन गर्न लागेको भन्दै व्यंग्य गरे। खनालले भने, ‘गठबन्धन त सबैले गर्छन् तर कोही गणतन्त्रवादीसँग गर्छन्, कोही राजावादी राप्रपासँग। हामी कांग्रेससँग गठबन्धन गर्छौँ। मैंले त वामपन्थी मिऔँ भनेको हो, तर ठूलो दलको नेता भन्ने नै त्यसका लागि तयार भएनन्।’

प्रतिक्रिया दिनुहोस