२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र नेपाली जनताको शासन हो : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा वाकथन (पदयात्रा)पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा गर्दै जनतालाई साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राखेका हुन्। ‍

उनले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता, विकासको अभियान, सुशासनको प्रयास हार्न नहुने टिप्पणी गरे। पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे। ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले यसको फैसला जनता गर्ने बताए। उनले आगामी निर्वाचनमा एमालेले हार्न नहुने सन्देशसमेत दिए।

ओलीले संविधानपछिको पाँच वर्षे कार्यकाल पूरा गरेर मुलुक अर्को निर्वाचनमा गइरहेको बताए। ‘संविधान जारी भएपछि भएको पहिलो आम निर्वाचन भएर पाँच वर्ष पूरा भएको छ। आज प्रदेश र प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ।’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि संघीय तह, प्रदेश तह र स्थानीय तहहरुलाई संयोजित ढंगले कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा नयाँ अभ्यास सफलतापूर्वक अगाडि बढाएका छौं।’

संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान-२०७२’जारी भएको थियो। एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा आज उपत्यकामा वाकथन (पदयात्रा)गरेर मनाएको हो। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको हो। नयाँ बानेश्वरको नेतृत्व अध्यक्ष ओलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस