काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरूलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत छन् ।
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरू तथा न्यायाधीशहरूलाई समेत समितिमा बोलाउने सोच गरेको थियो । पछि राजनीतिक दलका नेताहरूलाई नबोलाउने तर न्यायाधीशहरूलाई बोलाउने भनिएपनि न्यायाधीशहरूले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरू भने समितिमा गएका हुन् ।
समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरूले आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।