२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा समानुपातिकका लागि मतपत्र छपाइ सुरु

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा थपलियाले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् ।

प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् । उनले प्रदेशसभा समानुपातिकका लागि उम्मेदवार दिने दलहरूको मात्रै चिह्न राखेर मतपत्र छाप्नका लागि समय अभाव हुने भएकाले दर्ता भएका दलहरूको चुनाव चिह्न राखेर मतपत्र छपाइको कार्य सुरु भएको बताए । प्रत्येक प्रदेश अनुसार फरक(फरक मतपत्र छपाइ हुने उनले बताए । जुन प्रदेशमा जति दलहरूले निर्वाचनमा सहभागिता जनाउने भनेर दर्ता भएका छन् त्यति दलहरूको मात्रै चुनाव चिह्न राखेर मतपत्र छपाइको काम सुरु भएको उनले बताए ।

प्रतिनिधिसभा समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र भने उम्मेदवार तय भएपछि मात्रै मतपत्र छपाइको काम सुरु हुने थपलियाको भनाइ थियो ।

समितिले प्रदेशसभा र प्रतिनिधिसभामा महिला प्रतिनिधित्वको समानुपातिक सुनिश्चितता, समावेशी सुनिश्चितता, निर्वाचनको मितव्ययिता, आचारसंहिताको कार्यान्वयन र निर्वाचन पर्यवेक्षणका साथै निर्वाचनको तयारीबारेमा आयोग र राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस