१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“सेवाको बोधिसत्व”

अ+ अ-

सुनिता कुमारी गजुरेल

सेवाको बोधिसत्व के हो ?

कृपया, फलानो डाक्टरको लेखमा छ नभनिदिनु होला,

मुस्कान सहितको सेवाको बर्कोमा

बिचौलियाको बिगबिगी त कदाचित् होइन,

सच्चा र ईमान्दार सेवकलाई

तँ-त मूर्ख होस् भनेर खिस्स्याइनु पनि त होइन !

राष्ट्र सेवामा दबाब र प्रभावको राजनीति

सेवाको बोधिसत्व भने ओइलाउला कि भन्ने पिर,

नागरिकता प्राप्तिको स्पीडमिटर नाप्दै गर्दा

अस्पतालमा बेड नपाएर मृत्युवरण गर्नुपर्ने यो कस्तो नियति

एउटै देश र एउटै कानुन-

“महिनाको लाख तिरेर एकको बच्चा पढिरहँदा

अर्काको भने तुइनमा सर्कस देखाउनुपर्ने यो कस्तो बोक्रो उन्नति”??

म त भन्छु-सेवाको बोधिसत्व त्यो हो,

जहाँ राज्यको कण-कणमा राम भेटिन्छन्,

नातिको पालालाई पुग्ने पुल बनाउन

जब हरेक इन्जिनियर सदैव कस्सिन्छन्,

अनि, १०० नम्बरको पास गरेको नैतिकता होइन है-

प्रत्येक राष्ट्रसेवकले आफ्नो काम, व्यवहार र आचरण

जब हरदिन आफ्नो सन्ततिमा छाप्न तम्सिन्छन् ।

हो याँहा हरेक निजामती कर्मचारी राम हुन्,

जो राष्ट्र सेवामा होमिएर जनसेवामा परिचालित छन्

नैतिकता र दृष्टान्त बोकी जनताको असल पहरेदारको रूपमा

अवस्था र राज्य व्यवस्था चाहे जे सुकै होस्-

जनताको समस्या समाधानार्थ सन्निकट दोस्त र यारको रूपमा !

आउँ आज यस दिवसबाटै सेवाको बोधिसत्वको बीजारोपण गरौँ

मानसपटलमा राष्ट्र सेवाको बुद्धत्व प्राप्त गरी

हरेक जनको मनमा खुसी छरौँ

अनि,

राम राज्यको अभिप्रायलाई सार्थक तुल्याउन

हामी नै राम बनी उच्च नैतिकताले मलजल गरौँ !!

प्रतिक्रिया दिनुहोस