२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् : लामिछाने

अ+ अ-

काठमाडौँ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षा गार्ड शेर जङ्ग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् ।

गुरुङसँगको तस्बिर सामाजिक सञ्जालमा हालेर रविले भनेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेर जङ्ग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।’

भिसा आवेदन दिन छाया सेन्टरमा रहेको भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भनेका थिए । तर उनी मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएका रविले उल्लेख गरेका छन् । गुरुङले भनेको भन्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो आवाज अलि ठुलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै पर्‍यो ।’

रविले अघि भनेका छन्, ‘यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’

प्रतिक्रिया दिनुहोस