२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा

अ+ अ-

काठमाडौँ । 

शुक्रबारदेखि दुई वटा नेपाली चलचित्र ‘झिँगे दाउ‘ र ‘सम्हालिन्छ कहिले मन‘ प्रदर्शनमा आएका छन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी ‘झिँगे दाउ‘ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्हालिन्छ कहिले मन‘ एकसाथ प्रदर्शनमा आएका हुन्।

 निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’ मा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टको साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा प्रदीप भारद्वाजको कथा र पटकथा रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

चलचित्र कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।

थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा रहेका छन् । सोनम तोप्देनले नायकको रूपमा डेब्यू गरेका छन् ।

एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत तथा कविराज गहतराजको कोरियोग्राफी छ ।

सनिष खकुरेल कार्यकारी निर्माता रहेको फिल्ममा परी राना र अजित कुमार थापा सह निर्माताका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस