२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फालाई एएफसीले लगायो ७ हजार डलर जरिबाना

अ+ अ-

काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ । एएफसीको अनुशासन र आचार संहिता कमिटीले सोमबार दुई फरक नियम उल्लंघन गरेको आरोपमा ७ हजार डलर जरिबाना लगाएको एएफसीले जनाएको छ ।

एएफसी एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत इन्डोनेसिया विरुद्धको खेलमा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रतिबन्धमा रहे पनि खेलमा संलग्न भएपछि एएफसीले ६ हजार डलर जरिबाना लगाएको हो ।

तेस्रो चरण अन्तर्गत समूह एमा जोर्डन र कुवेत विरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि अल्मुताइरीमाथि एक खेलको प्रतिबन्ध थियो । तर उनी इन्डोनेसिया विरुद्धको तेस्रो खेलमा मैदान र ड्रेसिङ रुममा प्रवेश गरेको पाइएपछि एएफसीले जरिबाना लगाएको हो ।

उक्त खेलअघि असम्बधित व्यक्ति ड्रेसिङ रुममा गएको र मैदान प्रवेश गरेको भन्दै एएफसीले एन्फालाई ६ हजार प्रतिबन्ध लगाएको हो । एएफसी एसियन कप २०२३ प्रतियोगिता नियमावलीको धारा २१।१ उल्लङ्घन गरेकोमा एन्फालाई ६ हजार डलर तिर्न आदेश दिइएको छ ।

एएफसी अनुशासन र आचार संहिताको धारा ३४.१ र ३४.३ अनुसार एन्फाले जरिवाना मध्येको १ हजार ५०० डलर यो निर्णय भएको मितिबाट ९० दिन भित्र तिर्नु पर्नेछ । बाँकी ४ हजार पाँच सय अमेरिकी डलर भने एएफसीले २ वर्षको परीक्षणकालका लागि रोक्का गरिने छ । यो २ वर्षमा यस्तै नियम उल्लंघन गरेर त्यो रकम जफत हुने र थप जरिवाना लाग्ने एएफसीले चेतावनी दिएको छ ।

यसैगरी इन्डोनेसिया विरुद्धको खेलको पहिलो हाफ सुरु गर्न ढिलाइ गरेको भन्दै प्रतियोगिता सञ्चालन नियमावलीको धारा ३।२ उल्लङ्घन गरेकोमा एन्फालाई १ हजार अमेरिकी डलर जरिबाना लगाइएको छ। जसमध्येको २५० डलर तत्काल ९० दिनभित्र तिर्नु पर्ने छ । बाँकी ७५० अमेरिकी डलर दुई वर्षको परीक्षण अवधिको लागि रोक्का गरिने छ । परीक्षण अवधि भित्र यस्तै प्रकृतिको अर्को उल्लङ्घन भएमा नयाँ जरिबाना थपिनेछ ।

प्रतिक्रिया दिनुहोस