२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरबाट मिटरब्याजीविरुद्ध १८३२ उजुरी, कुन-कुन ठाउँबाट कति ?

अ+ अ-

काठमाडौँ । चर्को व्याजमा ऋण दिएर बिचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ ।

गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेस प्रदेशका छन् ।

मधेसमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत हो । मधेसपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेका छन् ।

साहुले चर्को व्याजमा ऋण दिने र नतिरेको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौँको माइतीघर मण्डलामा आएर पटक पटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट मिटर ब्याज पीडितलाई उजुरी दिन आह्वान गरेको थियो ।

कार्यदलले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी सङ्कलन गरेको थियो । तर अझै केही जिल्लाबाट विवरण आउन बाँकी छ ।

कार्यदलले आइतबारसम्म मिटरब्याजीबारे उजुरी दिन समयसीमा तोकेको थियो । कार्यदलले सोमबार अपराह्न ४ बजेका लागि बैठक राखेको छ । सबैभन्दा प्रभावित गाउँमा गएर स्थलगत अध्ययन र छानबिन पनि गर्ने कार्यदलको तयारी छ ।

प्रतिक्रिया दिनुहोस