२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । ‘कुनै पनि ठाउँको पहिचान भनेको सफाइ न सुन्दरता नै हो’, प्रमुख कोइरालाले भने, ‘बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहर देखे भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ, फोहर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ, त्यसो भएकाले महानगर सफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।’

महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्धरूपमा लागिरहेको उनको भनाइ थियो । मन्दिर, मस्जिद र सार्वजनिकस्थलमा भीख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको बताइएको छ ।

‘हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ, यो बीचमा धेरै कुरा बुझ्नै लाग्यो’, प्रमुख कोइरालाले भने, ‘आउनेबित्तिकै हामीले महानगरका सबै नाला सफा गर्यौँ, जसले गर्दा यसपटकको वर्षामा डुबान समस्या कम भयो, यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौँ ।’

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताए । महानगरले सुरु गर्ने सरसफाइ विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन उनले आग्रह गरे ।

यसैबीच रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाइ गरिएको छ । महानगरका प्रमुख कोइरालाको नेतृत्वमा तीनपैनी चोकबाट सफाइ गरिएको थियो । सरसफाइमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला, वडा नं १ का वडाध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।

यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाइ अभियान सञ्चालनमा रहेको छ । प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारी, समाजसेवीलगयात विभित्र संघसंस्थाका प्रतिनिधिको यो काममा सहभागी भई सहयोग गर्दै आएका छन् । विराटनगरमा केही सयमदेखि बजारभित्र फोहरको चाप घटेको र नगरको सफाइ भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस