२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धामी झाँक्री एक रहस्य: अनुसन्धान र वास्तविकता चिरफार

अ+ अ-

अञ्चलाधीशले बोलाएर सानो टुक्रा नेपाली कागजमास्कूलमा हेड मास्टरको नियुक्ति दिएर पठाएछन् । पिताजीलाई अनौठो लागेछ र अञ्चलाधीशसँग सोध्नु भएछ, यो कागजले मलाई प्रजातन्त्र विरोधी तथा निर्दलीय व्यवस्थालाई सहयोग गरेको भनी जनताले गाउँ निकाला गर्छन् होला ज्यानको तलमाथि हुने हो कि भन्दै गर्दा ती अञ्चलाधीशले भनेछन् तिमीले शिक्षाका माध्यमबाट प्रजातन्त्र र जनताको न्यायका पक्षमा अग्रणी भूमिका खेल्न सक्छौ र सामाजिक रूपान्तरणका अभियन्ता वन्नेछौ भनेछन् बुवाले यो कुरा हामीलाई धेरै पटक भन्नु भएको थियो सुनाईरहनुहुन्थ्यो।

यस्तै यस्तै घटनाको उपज धामी झाँक्रीको रहस्य चिरफार गरी अन्धविश्वास विरुद्धको पुस्तकका लेखक पिताजी  एक ग्रामीण स्थानको विद्यालयको हेडसर हुनुहुन्थ्यो। पिताजीको जन्म पाल्पा जिल्लाको पश्‍चिम, मैनवादी गाउँमा वि. स. १९९६ सालमा भएको हो। जिल्ला भरिनै उहाँलाई सबैले हेडसर भनेर चिन्दथे । उहाँ बहु प्रतिभाका धनी हुनुहुन्थ्यो। खोज, अनुसन्धान र नवप्रवर्तनमा उहाँको अत्यन्तै चाख थियो । समाजमा विद्यमान लिङ्ग, क्षेत्र, वर्ग, पेसा, वैवाहिक सम्बन्ध, एकलता, रहन सहन, लवाई खवाईकन आधारमा गरिने विभेद, बहिष्करण र अपमान र अन्यायका विरुद्धमा कलम चलाउने  र देश दर्शनमा  निस्किँदा देखिने  असल अभ्यासहरूको वकालत गर्नमा उहाँले अत्यन्तै चाख राख्नु हुन्थ्यो ।

समाजमा विद्यमान प्रथा, परम्परा, मेला, पर्व, संस्कार, चाड, मनाउने,जात्रा र संस्कार धान्ने नाममा बनाइएका र व्याख्या गरिने विभेदकारी पुराण, कथा, ग्रन्थ, नाटक, प्रवचनलाई लैङ्गिक समानता र न्यायका पक्षमा व्याख्या गरेर अन्धविश्वास हटाउन प्रवचन र लेखनका माध्यमबाट सामाजिक रूपान्तरणमा पुर्‍याउनु भएको योगदानको स्मरण गरी कृतिलाई यस वर्ह्यमाणडमा फैल्याउनु पुत्री तथा पुत्रको कर्तव्य हो । बुवाको जीवित शरीर हामी सामु नभए पनि बुवाका कृतिलाई समाजमा जीवन्त राख्न नसकेमा बुवा माथि अन्याय हुने छ ।

उहाँ औपचारिक र अनौपचारिक शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने महान् अभियानका अभियन्ता एवं अगुवा हुनुहुन्थ्यो । राणाकालिन समय र निर्दलीय शासन व्यवस्थामा पनि पिताजी प्रजातन्त्र र नागरिक स्वतन्त्रता. मानव  अधिकार,लैङ्गिक समानता र सामाजिक न्याय प्राप्‍तीका लागि सधैँ जनताका पक्षमा अडिग भई लडिरहनु भयो।

पिताले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट औपचारिक शिक्षा हासिल गर्नु भएको थियो। वि.सं. २०१३/०१४ ताका स्थापना भएको श्री प्रभात निमावी स्कूलमा उहाँलाई सदरमुकाम तानसेनमा अञ्चलाधीशले बोलाएर सानो टुक्रा नेपाली कागजमा त्यही स्कुलमा हेड मास्टरको नियुक्ति दिएर पठाएछन् । पिताजी नियुक्ति बोकेर घर फर्किनु भएछ र विद्यालय सञ्चालनमा ल्याउनु भएछ। स्कुलसँगै घर गोठ गर्दै गर्दा २ वर्ष जति पछि काठमाण्डौबाट पठाएको एउटा चिठी बोकेर हुलाकी घरमा आएछन् । त्यस चिठीमा पिताजीलाई सरकारी कोटामा कोलम्बो प्लानमा पढ्न जानकालागि छनौट भएर आएको रहेछ । घरमा हजूरआमा र आमासँग छलफल हुँदा हजुर आमाले भन्नु भएछ परिवारमा आइमाई मात्रै छौँ तिमि जान मिल्दैन। तिम्रा बाउ तराईको मुवाब्जा जोगाउन खोज्दा औलोले बिते अब म तिमिलाई जाने अनुमति दिन सक्दिन भन्नु भएछ आमाले र उहाँ पढन जान पाउनु भएनछ।

सेन राजाका पालादेखि नै पाल्पा जिल्ला शिक्षाको केन्द्रबिन्दु थियो भनिन्छ। सरकारी सेवा एवं सुरक्षा निकायका नेतृत्व तहमा पाल्पालीहरूको पकड नै थियो र त्यो आज पनि कायम छ। बनारस जान सजिलो भएकोले पिताजीका सहपाठीहरू सबै जसो न्यूनतम मास्टर डिग्री गरेका र सरकारका उच्च ओहोदामा पुगेका छन्।

यहाँ पिताजीको निडर स्वभाव र अनुसन्धानमा  रहेको चाख र अन्धविश्वासलाई पटक्कै विश्वास नगर्ने बानी र अन्धविश्वासलाई हटाउन वैज्ञानिक ढङ्गले प्रमाणित गरेर देखाउने उहाँको साहसलाई मान्नै पर्छ भन्थे उहाँका सहपाठीहरू। समाजमा रहेका लामा, धामी, झाक्रि, बोक्सी, लागो, भूत, प्रेत उतार्ने र खरानी फुक्नेहरू उहाँसँग डराउँथे।

पिताजी कसरी अनुसन्धानमा जोडिनु भयो भन्ने प्रसङ्ग उहाको आफ्नै पारिवारिक सम्बन्धबाट सुरु भएको रहेछ। पिताजीका एक दाजु र तिन दिदिहरु हुनुहुन्थ्यो । जेठी दिदिलाई विवाह गरी दिएको घर अत्यन्तै अप्ठ्यारो थियो रे  ! संयुक्त परिवार, लैङ्गिक विभेद, अन्धविश्वासबाट ग्रस्त रहेको परिवारका कारण पिताजी ठूल्दिदीको विशेष ख्याल गर्नु हुँदो रहेछ। पिताजी अन्धविश्वासमा किञ्चित विश्वास गर्नुहुन्नथ्यो। भूत, प्रेत, पिसाच, बोक्सी मान्दै नमान्ने स्वभावका हुनुन्थ्यो । विज्ञानमा विश्वास राख्‍नेहुदा हरेक विषयको वैज्ञानिक परीक्षण गर्नु पर्छ र प्रमाणित हुनु पर्छ भन्ने विषयमा उहाँ दृढ सङकल्पित हुनुहुन्थ्यो।

सत्य घटनामा आधारित अन्धविश्वास माथिको पिताजीको विजय खोजमुलक अनुसन्धानले  सामाजिक रूपान्तरणमा पुगेको योगदान जीवन्त छ। केही सत्य घटनाहरू पिताजीको पुस्तकबाट:

(क) पिताजीले अध्यापन गरिरहेको स्कुलका १० जना शिक्षकहरू बिच भूत प्रेत हुन्छ या हुँदैन भन्ने ठुलै बहसपछि भूत प्रेतमा विश्वास नगर्नेले खोला किनारमा आफ्नो दारैमा किलो ठोकेर रातभरि बस्नु पर्ने बिहान ५ बजे चेक गर्न आउने भनी बाजी थापेर पिताजी खोला किनारको मसानघाटमा रात बिताएर सकुशल भएकोदेखि चेक गर्न जाने चकित भएछन् । उहाँले वाजी जित्नु भएछ।

(ख) आफ्नी दिदी ज्यादा कार्य बोझ र पितृ सत्ताको डर र त्रासले  बारम्बार बिरामी हुने गर्दा घरमा हप्तै पिच्छे धामी बसाल्ने परिवार भित्रैका कमजोर बुढा बुढी सदस्य तथा पितृलाई बोक्सीको आरोप लगाउने तिनैका कारण बिरामी परेको भनी धामीले हप्तैभरी मसान करवीर साधने गरिरहने गरेको उहाँलाई थाहा रहेछ । बिरामी सन्चो नभएपछि दिदीको करकापमा पिताजीलाई बोलावट भएछ र उहाँ दिदीको घरमा  जानु भएछ । त्यहाँ तिन दिनदेखि  नामुद कहलिएका लामा र धामी बोलाएर ढ्याङ्रो ठोकी कबुल गराउन धामी हल्लिँदै ढ्याङ्रो फूटनेगरी ठटाउँदै पल्लो घरको कान्छी सासुले वायु लगाएकी छ। म कान्छी सासू हु भन्दै धामी नै महिलाको वोलि बोल्दै गयो । साक्षी बसेका थुप्रैमध्ये मेरा पिताजी एक थिए । राती १२ बजेतिर पल्लो घरका मान्छे आफ्नी आमालाई बोक्सी लगाएको सुने पछि लाठा लिएर घरमा छिरेछन् तब घटना यति हिंसात्मक बन्यो कि लामा/धामी मारिन सक्ने अवस्था सृजना हुन थालेपछि पिताजीले लामा धामीलाई भगाएर खोल्सातिर लानु भएछ र  बचाउनु भएछ । तत्कालै पिताजीले दिदिलाई तानसेनको मिसन अस्पताल लगी जचाउदा पेटमा ब्याक्टेरीका कारण रगतको मात्रा कमिले सम्पूर्ण शरीर पहेँलो भएको रहेछ । उपचार पश्चात् निको भएछ । तरपनि ती परिवार पिताजीलाई गाली गरिनै रहन्थे रे।यस्ता सामाजिक र लैङ्गिक विभेद र हिंसा समाजमा अझ पनि कायमै रहेका छन्।

(ग) एक पटक पिताजीका विद्यार्थी १९ वर्षीय ओम बहादुर खाम्चालाई क्षयरोग(टिबी)ले ग्रस्त पारेको रहेछ। परिवारले लामा धामी झाक्रि लगाउने, वायु उठाउने सबै झारफुक गर्दा व्यथा झन् वढदै गए पछि ओम बहादुरले आफ्नो बाउलाई हेडसरलाई बोलाउन लगाएछन्।

पिताजीले  बिरामी देख्ने बित्तिकै तानसेन मिसन अस्पताल लैजान स्ट्रेचर मगाएर पठाउनु भएछ। टिबी प्रमाणित भई औषधि सहित फर्के पछि ५ दिन ओखती खादा निको भएन भन्दै परिवारले औषधि छोडाई पुनः लामा, धामी र झाँक्री तर्फ लागेछन् धामीले घरकै बाउ लागेका हुन भनी बिरामीलाई तिमि यो घर छोड्नुपर्छ सन्चो हुन्छ भनेर लगाए पछि उनका परिवार खरवारीमा छाप्रो बनाएर सरेछन्। त्यसैको ३ दिन पछि ओम बहादुरको मृत्यु भएछ।

(घ) यस्तै एउटा घटनामा पिताजीलाई असाध्यै अप्ठ्यारो परेछ अनुसन्धान गर्न। म सानो छदाको घटना पिताजी दाँतका किरा झार्ने विषयको वैज्ञानिक तथ्य खोज्दै हुँनुहुँदो रहेछ । दाँतका किरा झर्ने काममा गनिएका विद्यालय निरिक्षककोमा गएर रहस्य पत्ता लगाउँदा त लज्जावती काढेझारको जरामा सेता साना किरा हुँदा रहेछन् त्यो घरवरिपरिनै पाईदो रहेछ । जरामा किरा सहित दुखेको दाँतमा राखि भुईँमा झट्कार्दा किरा झर्ने कहिले काहीँ किरा नहुँदा किरा लाग्न भ्याएको रहेनछ भन्नु भएछ र खरानीले सेक्ने ल्वाङको तेल राख्ने सुझाव दिने कुरा पिताजीले थाहा पाउनु भएछ।

यस्ता अन्धविश्वासका थुप्रै घटनाहरूको अनुसन्धान र वैज्ञानिक परीक्षण गरी असत्य साबित गरी समाजमा शान्ति, न्याय, सदभाब र जीवन नै बचाउने सम्मको पवित्र सामाजिक कार्यमा शिक्षक भएर मात्रै होइन कि प्रजातन्त्र सँगै सामाजिक विकास र रूपान्तरणका हिमायती पिताजीले मृत्युपर्यन्त परिवार एवं समाजलाई न्यायका पक्षमा निडर उभिन सबैलाई प्रेरित गर्नुभएको छ।

माता राधादेवी नेपाल सम्झनुहुन्छ औवि.स. २०६९ सालमा उहाँ मलाई छोडेर जानु भयो । १३ वर्षको उमेरमा विवाह भएको रहेछ। आमा हामीलाई भन्ने गर्नु हुन्छ: विवाह भएको केही समयपछि पिताजीको बाधा(सट्टा काम गर्ने मान्छे) बसेर घर सम्हालेर त उहाँलाई बनारस पठाएऽ आज त्यसैको कारण उहाँ गए पनि पेन्सन खाएर उनकै जीवन बाचिरहे छु जस्तो लाग्छ ।

पिताजीको अन्धविश्वास माथिको प्रहारमा मात्र नभै संस्कृत तथा नेपाली साहित्य, अङ्ग्रेजी, हिन्दीमा समेत  राम्रै दक्खल थियो।पिताजीले अन्धविश्वासका विपक्षमा वैज्ञानिक परीक्षण गरी पुस्तकहरू लेख्नु भएको छ । त्यसै मध्येको वि.सं. २०५१ सालमा वनारसबाट प्रकाशित सत्य घटनामा आधारित पुस्तक धामी झाँक्री एक रहस्य वास्तवमा सामाजिक रूपान्तरणको घोत हो भन्ने लाग्छ।

सत्य घटनाका आधारमा समाजमा विद्यमान असमानता,खराब र हानीकारक प्रथा परम्परा, जातीय विभेद, लैङ्गिक विभेद,तथा छोरीलाई नपढाउने, हेला गर्ने जस्ता कार्यहरू विरुद्ध सामाजिक अभियानमा लाग्न सबैलाई उत्प्रेरित गर्ने मेरा पिताजीले शैक्षिक जागरण तथा सकारात्मक सामाजिक रूपान्तरणमा खेलेको भूमिका र योगदानलाई म मात्र होइन उहाँका शिष्य/ विद्यार्थी एवं सिङ्गो समाज समेत उहांको स्मृति र सम्मान गर्ने हक राख्छन् ।

पिताजीको पुस्तकबाट:

प्रतिक्रिया दिनुहोस