२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

अ+ अ-

टीकापुर । कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो ।

बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो बिसेक भए पनि खोकी एक साताभन्दा बढी समयसम्म रह्यो । बच्चासँगै आमा र घरका अन्य सदस्यलाई पनि रुघाखोकी र ज्वरोले सतायो । ‘परिवारका सबैलाई च्याप्यो, रुघाखोकी र ज्वरोका कारण बच्चालाई एक साता विद्यालय पठाएनौँ’, विकले भने ।

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका छन् । परिवारका पुरै सदस्य बिरामी भएको पाइएको सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज उषा शाह बताइन् ।

‘विगतमा दैनिक ३५ जनासम्म बिरामी आउँथे, हाल दैनिक ६० बिरामीको उपचार खेप्नुपरिरहेको छ’, उनले भनिन्, ‘बिरामी एकै घरका बच्चादेखि वृद्धसम्म रहेका छन् ।’

यस्तै मनिकापुर सहरी स्वास्थ्य केन्द्रमा पनि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । स्वास्थ्यकर्मी कविता खड्काका अनुसार विगतका तुलनामा बिरामी बढी आउने गरेका छन् । ‘बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण छन्’, उनले भनिन्, ‘खोप लगाइसकेका छौँ भनेर उनीहरू ढुक्क छन् ।’

सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताए । ‘विगतभन्दा दोब्बर बिरामी बढेका छन् । सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या छ’, उनले भने । बिरामीलाई धुलो धुवाबाट बच्न, तातोपानी पिउन, औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन स्वास्थ्यकर्मीले सुझाव दिने गरेका छन् ।

धनसिंहपुर स्वास्थ्य चौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीले बताए । ‘बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्’, उनले भने ।

टीकापुर अस्पतालका डा संवाद खरेल आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरल ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र केही स्क्रब टाइफसका लक्षण भएका बिरामी आउने गरेका बत्ताउँछन् । ‘बिरामी बढेका छन्, सबैमा एकनास लक्षण छन्’, उनी भन्छन् । कैलालीका पालिकाले अनिवार्य मास्क प्रयोग गर्न, शङ्का लागेमा कोभिड परीक्षण गर्न तथा उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस