२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सेवालाई मुख्य ध्येय बनाउन निर्देशन

अ+ अ-

महोत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

महोत्तरीको जलेश्वरमा यसपालि सम्पन्न स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।

‘तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,’ अध्यक्ष यादवले भने, ‘चुनाव जितेपछि शासक बन्ने रोग छ, त्यहाँ सचेत हुनुहोस् ।’

जनअपेक्षा पूरा गर्न तपाईं के गर्दै हुनुहुन्छ, जनताले सूक्ष्म निगरानी गरिरहेका हुने अध्यक्ष यादवको भनाइ थियो । अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधि (नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्ष) लाई अबिर टीका र माला लगाइदिँदै सम्मान गरे ।

मधेसमा जसपाको विभाजनले चुनावी परिणाममा असर गरेको यादवको स्वीकारोक्ति छ । विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्न आवश्यक भएको यादवले बताए । आफ्नै दल (जसपा) बाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकतान्त्रिक गठबन्धनमा सहभागी भए स्वागत गर्ने यादवको भनाइ छ ।

मधेसको मत बाँडिएपछि मधेसलाई नोक्सान हुने गरेको उल्लेख गर्दै उनले अब फुटेर नभई जुटेर अघि बढ्नुपर्ने उल्लेख गरे । अध्यक्ष यादवले संसद्बाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिँदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने बताए ।

महोत्तरीका १५ स्थानीय तहमध्ये जसपाबाट जिल्ला सदरमुकाम जलेश्वर र गौशाला नगरपालिकामा प्रमुखरउपप्रमुख एवम् सम्सी, एकडारा र पिपरा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष र महोत्तरी गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी जिल्लाका १३८ वडामध्ये ३० वडामा जीत हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस