बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान हुने भएको छ । यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।
आज बिहीबार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ । उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन आयोगले सरकारलाई निर्देशन दिएको छ ।
