१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पुस्तक छैन, कसरी पढ्नु ?’

अ+ अ-

म्याग्दी । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत् भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् ।

बेनी नगरपालिका–८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयको कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा शिक्षकलाई पढाउन, आफूहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताए ।

‘किताब नहुँदा अप्ठ्यारो भएको छ’, बालमन्दिर आधारभूतको कक्षा ७ की विद्यार्थी पुष्पा केसीले भने, ‘सर, मिसले पढाएको बुझ्न र दिएको गृहकार्य गर्न समस्या भएको छ ।’ कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।

पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् ।

गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले बताए ।

नयाँ पुस्तक नआउँदा पढाउन समस्या भएको बालमन्दिर आधारभूत विद्यालयका शिक्षिका गीता सुवेदीले बताइन् । ‘पाठ्यक्रम यथावत् रहेको कक्षामा पुराना पुस्तक वितरण गरेर काम चलाएका छौँ’, उनले भनिन्, ‘फेरिएको पाठ्यक्रमअनुसारको नयाँ पुस्तक नहुँदा पाठ अघि बढाउन सकिएको छैन ।’

दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक रु एक करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।

‘मतपत्र छपाउँदा पुस्तक छाप्न ढिलाइ भएको कारण देखाइए पनि कागज अभावले पुस्तक छपाइलाई प्रभावित बनाएको हो’, उनले भने, ‘न्यून सङ्ख्यामा छापिएका पुस्तकको वितरण पनि व्यवस्थित छैन ।’ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित कार्यालयले मङ्गलबार आयोजना गरेको वितरकहरूसँगको बैठकले आएका पुस्तक प्रदेशभरका जिल्लामा दामासाहीका दरले वितरण गर्ने निर्णय गरेको छ ।

‘कक्षा ६ को ३४ हजार पुस्तक आवश्यक पर्नेमा अहिले चार हजार मात्र आएको छ’, महासङ्घका प्रदेश अध्यक्ष गौतमले भने, ‘पूरा सेटमा पुस्तक नआएको र भएको पुस्तक पनि वितरण व्यवस्थित नहुँदा समस्या हुने देखिन्छ ।’

पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो ।

म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस