खोटाङ । नेपाली काँग्रेसको तर्फबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ ।
काँग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गरेको पत्रसहित खोटाङ पुगेका पोखरेललाई काँग्रेस कार्यकर्ताहरूले कुटपिट गरेपछि प्रहरीले उनलाई जोगाएको थियो । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विवाद बढेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका छन् । देउवाद्वारा हस्ताक्षरित पत्रसहित दिक्तेल नगरपालिकामा काङ्ग्रेसबाट तीर्थराज भट्टराईले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
