२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–भारत ऊर्जा आदानप्रदान: मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा

अ+ अ-

काठमाडौँ । नेपाल र भारतका बिचमा विद्युत् आदान प्रदानका लागि महत्त्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ ।

भारतको उत्तर प्रदेश जोड्ने १३२ किलो भोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रुपन्देहीको मैनहिया सवस्टेशनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनुवा) सवस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ टावरमध्ये ४४ को जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरण आयोजनास्थलमा ल्याइसकिएको प्राधिकरणको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक, कार्यकारी निर्देशक,उप कार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माण स्थलको अनुगमन गरी आयोजनाको काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

अनुगमन टोलीले नेपाल र भारतबिचको विद्युत् व्यापारका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई आग्रह गरेको थियो । नेपाल र भारतबिचका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौँ बैठकले भारतको उत्तर प्रदेश र नेपालबिच न्यु नौतनुवा–मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यु नौतनुवा (सम्पत्तिया, भारत) स्वस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्तर प्रदेशसँग ३३ केभी क्षमताको मात्र प्रसारण संरचना रहेकाले अन्तर्देशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताए । ‘नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत् उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्त्वपूर्ण छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबिचको विद्युत् व्यापार थप सहज र विस्तार हुनेछ ।’

आयोजनाको कूल लागत ८० लाख अमेरिकी डलर रहेको छ । मैनहिया १३२ केभी सब स्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ । भारततर्फ लाइन जोड्नका लागि सब स्टेसनमा दुई वटा बे र ३/४ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाका प्रमुख हरि पाण्डेले जानकारी दिए । सो कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको उनको भनाइ छ ।

बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगी कुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । कूल १८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ टावरमध्ये ५५ वटाको निर्माण सम्पन्न भएको छ । यस्तै १० किलोमिटर तार टाँगिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ ।

मैनहिया सब स्टेसनमा राखिने १३२/३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सवस्टेशन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस