२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एडिबीलाई आयोजनाका काम तत्काल अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैङ्क (एडिबी) लाई आयोजनाहरुको काम अघि बढाउन आग्रह गरेकी छन् ।

आज (शुक्रबार) मन्त्रालयमा एडिबी प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडिबीको सहयोगमा बनाइने आयोजना द्रुत गतिमा अघि बढाउनुपर्ने बताइन् ।

‘हामीसँग समय सीमित छ, काम धेरै छन्,’ मन्त्री झाँक्रीले भनिन्, ‘सकेसम्म सीमित अवधिमा धेरै काम गरौँ भन्ने पक्षमा छौँ, त्यसैले एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम छिटो होस् भन्ने हो ।’

उनले नेपालको पूर्वाधार विकासमा ठुलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताइन् ।

मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयता अनुसारका सहरीकरण परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् ।

उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुद काम गरिरहेको स्पष्ट पारिन् ।

छलफलमा एडिबीको दक्षिण एसिया हेर्ने महानिर्देशक केनिची योकोयामाले मन्त्रालयसँग आफूहरू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्ने कुरमा ध्यान दिनुपर्ने बताए ।

उनले गुजरात मोडल अनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिए । हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको मन्त्रालयका सहसचिव रवीन्द्र बोहराले जानकारी दिए ।

छलफलमा मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, एडिबीका नेपाल प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस