२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभाव टार्न बोरिङबाट पानी निकालिँदै

अ+ अ-

पर्वत । हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको सदरमुकाम कुस्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ ।

अहिलेसम्म रहेका तीन वटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन । गर्मीयाम सुरु भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ ।

शिवालय कुस्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवीकुमार श्रेष्ठका अनुसार कुस्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ ।

अब एक साताभित्र पानी आपूर्ति गर्ने गरी बोरिङ प्रणालीको काम पूरा गर्ने गरी काम भइरहेको श्रेष्ठले बताए । पानी निकाल्न करिब रु ३० लाख खर्चको अनुमान छ ।

‘हामीले बोरिङ गरेर पानी निकाल्न निकै प्रयास गर्दै आएका थियौँ, तर पानी निकाल्न सकिएको थिएन, अहिले १७० मिटर गहिराइमा पानी भेटिएको छ, अबको एक हप्तामा काम सकेर त्यहाँको पानी ट्याङ्कीमा ल्याउने लक्ष्य राखेका छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘बोरिङबाट प्रतिसेकेन्ड कम्तीमा छ लिटर पानी निस्कने भएको छ, यसले हिउँदमा पानीको समस्या खेप्दै आएका कुस्मावासीका लागि ठुलो राहत हुनेछ ।’

गर्मीयाम नै पानीको माग बढी हुने भए पनि सुख्खापनका कारण यही बेलामा पानीका स्रोतमा मात्रा घट्ने गरेको छ । कुस्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहे पनि ३२ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ ।

गर्मीयाममा आपूर्ति घटेर २५ लाख लिटरसम्म झर्ने गरेको छ । खानेपानी संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार मोदी गाउँपालिकाको पातीखोला, कुस्मा नगरपालिकाको केवादीखोला र डम्डारे खोला गरी तीन ठाउँबाट कुस्मा बजारका लागि पानीको आपूर्ति हुने गरेको छ ।

गत भदौमा वर्षासँगै आएको पहिराका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध भएको छ । त्यहाँबाट प्रतिसेकेन्ड दुई लिटर पानी आउने गरेको थियो ।

मोदी गाउँपालिकाको पातीखोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रतिसेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ । पानीको मुख्य स्रोतका रूपमा रहेको खुर्कोटको केवादी खोलाबाट प्रतिसेकेन्ड २२ लिटर पानी आउने भए पनि गर्मीयाममा प्रतिसेकेन्ड छ लिटरमा झर्ने गरेको छ ।

मुख्य स्रोतबाट नै प्रतिसेकेन्ड १६ लिटर कम पानी आउँदा बजारमा अभाव हुने गरेको छ । बोरिङ गरेर पानी निकालिए पनि मागअनुसार पर्याप्त भने हुने छैन ।

सामान्य अवस्थामा प्रतिसेकेन्ड ४१ लिटर पानीको आपूर्ति हुने गरेको कुस्मामा गर्मीयाममा प्रतिसेकेन्ड २५ लिटर मात्रै पानी आउने गरेको छ । कुस्माबजारमा झन्डै दुई हजार धारा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस