२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्डफ्लु सन्त्रास: सीमा नाका साँगामा उच्च सतर्कता

अ+ अ-

काभ्रेपलान्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्य विनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकको सीमा नाका साँगामा उच्च सतर्कता अपनाइएको छ ।

उपत्यकाको पूर्वी नाकाका रूपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने, ‘छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकमा उच्च सतर्कता अपनाइएको र भोलि आइतबारदेखि थप सतर्कताका योजना सञ्चालन गर्छौँ ।’

उनका अनुसार जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बनेपा नगरपालिका तथा प्रहरीको संयुक्त टोलीद्वारा सीमा नाका साँगामा बर्डफ्लु पशुपक्षीलगायत सामग्री परीक्षण भइरहेको हो । साँगामा रात्रिकालीन अवस्थामा परीक्षणका लागि आजैदेखि थप जनशक्ति व्यवस्थित गरिने भएको छ ।

जिल्लाको दक्षिण–पूर्वी नाका बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा पक्षी जाँच केन्द्र स्थापना गरिएको र जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा पनि उच्च सतर्कता अपनाइने प्रजिअ पाण्डेले जानकारी दिए ।

राजधानी काठमाडौँसहित केही जिल्लामा बर्डफ्लु देखिएपछि उपत्यकाको पूर्वी नाका तथा जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको हो । पनौती र बनेपा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा अन्य पक्षी पालक कृषकसँग उक्त महामारी रोगबारे अन्तरक्रिया गर्नाका साथै विभिन्न स्थानको नमुना परीक्षण गर्दा बर्डफ्लु नेगेटिभ रिपोर्ट आएको जनाएका थिए

केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले पक्षी पालिएको खोर सधैँ सफा राख्दै नि सङ्क्रमण गर्नुपर्ने र सम्बद्ध व्यक्तिले मास्क, बुट र पन्जा अनिवार्य लगाउनुपर्ने बताए । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँ भक्तपुरमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस