दाङ । दाङमा रेडपान्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले राप्ती गाउँपालिका–१ स्थित भालुवाङ–प्युठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रूपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।