काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
बैठकमा नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी रहेका छन् भने नेपाली काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायत सहभागी छन् ।
दिउँसो दुई दलबिच संसद् भवनमा छलफल भए पनि कुनै सहमतिमा आउन नसकेपछि नपुगेपछि दुई अध्यक्ष साँझ पुनः बैठकमा बस्ने सहमति गरी छुटिएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेको र एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए ।