२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन बेलायतबाट आइपुग्यो

अ+ अ-

काभ्रेपलान्चोक । एक वर्षअघि पुरातत्त्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्त्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिक सर्वेक्षण)को प्रतिवेदन नेपाल आइपुगेको छ ।

सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए पनि कोरोना महामारीलगायत विभिन्न कारणले नौ महिनापछि मात्र आएको हो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत साल फागुनमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्त्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो ।

बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नं वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्भे गरेको थियो । सर्भेमा संलग्न विभागका पुरातत्त्व अधिकृत विष्णु पाठकका अनुसार सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो । ‘डाटा एनालाइसिस गर्दा सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो, बेलायतबाट आएको सर्भे प्रतिवेदनबाट विस्तृतमा आउनेछ’, पाठकले भने ।

सर्भेको विस्तृत प्रतिवेदन करिब एक महिनापछि सार्वजनिक गरिने विभागका पुरातत्त्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले बताए । “बेलायती विज्ञ टोलीबाट पाँचखालको सर्भेको प्रतिवेदन आइपुगेको छ, एक महिनापछि सार्वजनिक गर्नेछौँ”, उनले भने ।

पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलान्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको उनको भनाइ छ । उनका अनुसार हालै मात्र पाँचखालको सर्भे गरिएको सबै स्थानको प्रतिवेदन आएको हो । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्भे गरेको थियो ।

विस्तृत प्रतिवेदन सार्वजनिक भएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने बताइन्छ । विभागले पनि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेको जनाएको छ । पाँचखालमा बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको थियो ।

यसअघि विभागले युनेस्कोलाई समेत सन् २०२० जुन २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो ।

सर्भे मेशिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । विभागका निर्देशक दामोदर गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदाको भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले एक वर्षअघि बेलायतबाट विज्ञ टोली मगाइएको हो । त्यस बेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको थियो ।

काभ्रेपलान्चोकको पाँचखाल क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्त्वविद् उद्धव आचार्यद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

पाँचखाल नपा–२ माल्टारस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायत सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको सो प्रतिवेदनमा उल्लेख छ ।

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा भरपुर प्रयास भइरहेको बताउँदै सर्भेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणको ‘मास्टर प्लान’ बनाउने बताए ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नु परे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको थियो ।

खोज अनुसन्धानकर्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । ‘पुरातत्त्वविद्का अनुसार सर्भेमा पाँचखालकै भमरकोट गढीमा समेत सम्भावना देखिएको थियो’, स्थानीय प्राचीन पलान्चोक उपत्यका पुरातत्त्व खोज तथा अनुसन्धान समितिका सदस्यसचिव श्रीकृष्ण धिमालले भने । समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनः निर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्त्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।

सम्बन्धित समाचार : पाँचखालमा ‘जियोफिजिकल सर्भे’ शुरु

प्रतिक्रिया दिनुहोस