२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलमा भारी वर्षा जारी, बाढीको खतरा कायमै

अ+ अ-

साओ पाओलो । ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ ।

छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ ।

यहाँ छ दिनदेखि जारी रहेको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १५२ पुगेको बताइएको छ । यी दुई सहरका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण यहाँका सडक, बिजुली तथा अन्य आधारभूत पूर्वाधारहरु पनि भत्किएका छन् ।

आइतबार छैठौँ दिन पनि वर्षा जारी रहेको र यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जानकारी दिएका छन् । बाढीमा परेर कम्तीमा पनि १६५ जना हराइरहेका बताइएको छ । पहिरो गएको क्षेत्रमा ५०० भन्दा बढी अग्नि नियन्त्रकहरू काम गरिरहेका र ४० वटा स्निफर कुकुरहरूले बेपत्ताको खोजी गरिरहेका थिए।

रियो डि जेनेरियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोका अनुसार गत मङ्गलबार जारी वर्षा सन् १९३२ पछिको सबैभन्दा खराब थियो ।त्यसै गरी बाढी तथा डुबानका कारण दर्जनौँ घर क्षतिग्रस्त भएका र हजारौँलाई विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ ।

विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस