२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भासिएको पुल पुनः निर्माण गरिएन

अ+ अ-

जनकपुर । निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनः निर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् ।

तराई–मधेशको लाईफ लाइनकैरुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको थियो ।

भासिएको पुल पुनः निर्माण नहुँदा निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनः निर्माणको माग गरेका छन् । ‘ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनः निर्माण काम अझै सुरु हुन सकेको छैन’, धनुषाको कमला नगरपालिका–५ का सत्रुधन साहले भने, ‘पुलको पुनः निर्माणको काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै सकेका छैनन्, दुई पाङ्ग्रे सवारी पनि जोखिमपूर्ण रुपमा चलिरहेका छन् ।’

सुख्खायाममा जेनतेन दुई पाङ्ग्रे सवारी साधन चल्ने गरे पनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँडडुल गर्न समस्या भइरहेको उनको भनाइ छ । बाढीका कारण पहिला पूर्वतर्फको स्पर भासिएको थियो । त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो । ‘भासिएकामध्ये पुर्वतर्फको स्पर कामै नलाग्ने अवस्था छ’, सिरहा नगरपालिका– ११ का कमलेश यादवले भने, ‘जसका कारण मोटरसाइकललाई समेत पुलबाट वारपार गर्न ठुलै समस्या भइरहेको छ ।’ सर्वसाधारणले ठुलै सास्ती भोग्दै आए पनि भासिएको पुल पुनः निर्माणमा ठेकेदार कम्पनीले ध्यान नदिएको उनको गुनासो छ ।

कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकाएको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिक्दा लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो । पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झन्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । हस्तान्तर नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन् ।

केही दिनअघि कमला जलाधार संरक्षण अभियानले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र बुझाउँदै उच्चस्तरीय छानबिन गर्न मागसमेत गरेको थियो । गलत डिजाइनकै कारण पुल भासिएको पूर्व मन्त्री रामचन्द्र झाले बताए ।

हुलाकी सडकअन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण कार्य सुरु भएको एक वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

सम्झौताअनुसार नै काम अघि बढाइएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साईड इन्चार्ज दानालाल यादवले बताए । ‘सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौँ’, साइड इन्चार्ज यादवले भने,’ बर्षात सुरु भएपछि काम रोकिएको हो, वर्षा रोकिएपछि कात्तिकपछि काम पुनः सुरु गर्ने छौँ ।’ खोलामा कुनै बेला पनि ठुलो बाढी आउन सक्ने भएकाले पुलको काम अघि बढाउन नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस