२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दी कुष्ठरोगको जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

अ+ अ-

गलेश्वर । म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन् ।

६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन गर्ने तीन र यस वर्ष नयाँ ६ जना गरी नौ जना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिए ।

जिल्लामा हाल औषधि सेवन गरेका रोगीमा बेनी नगरपालिकामा तीन, रघुगङ्गा , मालिका र अन्नपूर्ण गाउँपालिकामा एक /एक जना छन् । गत आवमा एकभन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दीसमेत परेको छ ।

जिल्लमा अन्य पालिकाको तुलनामा बेनी उच्च जोखिममा रहेको पाइएको छ । गत आवमा निको भएका नौ जना बिरामी नै बेनीको रहेको सुपरभाइजर सुवेदीको भनाइ छ ।

जिल्लामा भेटिएका रोगीको सङ्ख्याका आधारमा गण्डकी प्रदेशभित्र कुष्ठरोगका धेरै बिरामी भएको जिल्लामा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेशमा १० हजार जनसङ्ख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै १ दशमलव १८ रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेशमै प्रतिएक लाख जनसङ्ख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी ६ दशमलव ३३ छ ।

म्याग्दीका जनस्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले एक प्रतिशतभन्दा माथि कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राखिएको बताए। प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउनसमेत उनले अनुरोध गरे ।

समाजमा बहिष्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रमसहितका अभियान सञ्चालन गर्न आवश्यक रहेको छ ।

कतिपय रोगीले सामाजिक बहिष्कार र वंशाणुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाइ छ । यसैबीच जिल्ला गत वर्ष एडिस जातको लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुका २००, यस वर्ष ४० जना बिरामी र किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट गत वर्ष ५० र यसबर्ष १४ जना पोजेटिभको उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस