२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेन तनाव: अमेरिकी ८ हजार ५ सय सैनिक हाईअलर्टमा

अ+ अ-

काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई हाई अलर्टमा राखेको छ ।

पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ ।

पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्‍यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै नयाँ परिस्थिति सिर्जना भएमा हाई अलर्टमा राखिएका सैनिकहरुलाई तैनाथ गर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण नगर्ने दाबी गर्दै आए पनि सीमा क्षेत्रमा करिब एक लाख रुसी सैनिक अत्याधुनिक हतियारसहित तैनाथ गरिएको छ । त्यसैले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने विश्लेषण गर्दै अमेरिकाले उच्च सतर्कता अपनाएको हो ।

रुस(युक्रेन तनाव बढेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार युरोपका सहयोगी देशहरुसँग भर्चुअल छलफल गरेका थिए । सो छलफलपछि पश्चिमी देशहरुले रुसविरुद्ध समान रणनीति अपनाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

छलफलमा बेलायत, फ्रान्स, जर्मनी, इटली, पोल्याण्डका सरकार प्रमुखहरुका साथै नेटो प्रमुख जेन्स स्टोलटेनबर्ग सहभागी थिए ।

नेटोका सदस्य देशहरु डेनमार्क, स्पेन, फ्रान्स, र नेदरल्याण्डले रक्षातन्त्र मजबुत बनाउन पूर्वी युरोपमा फाइटर जेट र युद्धपोत पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस