२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीका जलसेना प्रमुखले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । जर्मनीका जलसेना प्रमुखले राजीनामा दिएका छन् । युक्रेनबारे गरेको टिप्पणीका कारणले उनले राजिनामा दिएका हुन् ।

के एचिम स्कोनब्याचले रुसले युक्रेनमाथि हमला गर्छ भन्ने कुरा बकवास भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान मात्र चाहेको जिकिर गरेका थिए ।

शुक्रबार भारतमा थिंक ट्याङ्कहरूको बहसमा उनको सो कुरा बताएका थिए । उक्त छलफलको भिडियो सामाजिक सञ्जालमा प्रकाशित गरिएको थियो ।

भिडियोमा उनले पुटिनलाई पश्चिमा देशहरूले सम्मानको व्यवहार गर्नुपर्ने बताएका थिए । उनले सन् २०१४ मा रुसले आफूमा गाभेको क्रिमिया अब फिर्ता नहुने पनि जिकिर गरेका थिए ।

युक्रेनका विदेशमन्त्रीले उनको टिप्पणीप्रति आपत्ति जनाइसकेका छन् । विवाद बढेपछि स्कोनब्याचले शनिबार तत्काल लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।

अमेरिका र बेलायतलगायतका देशले युक्रेनलाई हतियार सहयोग गरे पनि जर्मनीले हालसम्म हतियार पठाउने युक्रेनको आग्रहलाई स्वीकार गरेको छैन ।

रुसले पनि युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सुरक्षालाई ध्यानमा राख्दै युक्रेनलाई नेटोमा आबद्ध हुन रोक्नुपर्ने माग गरेका छन् ।

नेटोले पूर्वी युरोपमा हतियार पठाउन रोक्नुपर्ने पनि उनको माग छ ।

प्रतिक्रिया दिनुहोस