२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियासँग वार्तामा जोड

अ+ अ-

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताका लागि जोड दिएका छन् । उत्तर कोरियाले बुधबार अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको थियो । त्यस लगत्तै दक्षिण कोरियाका राष्ट्रपति इनले सो प्रस्ताव अघि सारेका हुन् ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले बुधबार सो क्षेप्यास्त्र उत्तर कोरियाले हालेको भनी दाबी गरेका थिए । उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको ब्यालेस्टिक मिसाइलको फाइल फुटेज टेलिभिजनमार्फत देखाइएको थियो । दक्षिण कोरिया र जापानले सो क्षेप्यास्त्र उत्तर कोरियाले नै हानेको दाबी गरिरहेका छन् ।

उत्तर कोरियाले गरेको यो प्रक्षेपण ब्यालेस्टिक मिसाइल हुन सक्ने जापनिज कोस्ट गार्ड (जेसीएस) ले पनि जनाएको थियो । तर ती अधिकारीहरुले योबारेमा अझै यकीन भने भइसकेको छैन भनेका छन् ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले समय समयमा यो क्षेप्यास्त्र हान्ने गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनले उत्तर कोरियासँग अन्तर कोरिया वार्ताका लागि आग्रह गरेका हुन् । उनले सो वातावरण बनाउन पनि आग्रह गर्नुभएको दक्षिण कोरियाली मिडियाले जनाएका छन् ।

यस्तो अवस्थामा शान्ति वार्तालाई अघि बढाउनुपर्ने भन्दै उनले यसका लागि उत्तर कोरियाले पनि वातावरण बनाउनुपर्ने बुधबार यहाँ आयोजना गरिएको एक रेलसम्बन्धी समारोहलाई सम्बोधनका क्रममा बताएका हुन्।

प्रतिक्रिया दिनुहोस