२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनमा नियन्त्रणमा चुनौती

अ+ अ-

रुपन्देही । मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ ।

वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान कार्यक्रममा सरोकारवालाले मानव बेचबिखन नियन्त्रणका लागि तीन तहका सरकारको समन्वय र सहकार्यमा नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका थिए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले मानव बेचबिखन सामूहिक प्रयत्नको खाँचो औँल्याइन् । मन्त्रालयका सहसचिव रोशनीकुमारी श्रेष्ठले लागुऔषधको कारोबारपछि दोस्रो ठुलो अपराधका रुपमा मानव बेचबिखन देखिएको बताइन्।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा लुम्बिनी प्रदेश सरकारका नीति कार्यक्रमबारे जानकारी गराउँदै कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले सरकारको प्रयासले मात्रै मानव बेचबिखन नियन्त्रण सम्भव नरहेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

बुटवल उपमहानगरपालिका, सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले समाजमा हुने हिंसा, विभेद र मानव बेचबिखन नियन्त्रणका लागि नगरमा टोल निगरानी समिति बनाएर निगरानी बढाएको र सोहीअनुसार कार्यक्रमसमेत बनाएर कार्यान्वयन गरिएको बताइन् ।

कार्यक्रममा अधिकारकर्मी रिमा बिसी, सावित्रा घिमिरे, उषा गुरुङ, पत्रकार अस्मिना पाण्डेलगायतले घरेलु हिंसा र दुर्व्यवहारका कारण पनि महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस