२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरपोलको महासभामा भाग लिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

टर्कीको इस्तानबुलमा यही मङ्सिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औँ महासभा भएको थियो । उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्वदेश फिर्ता भएका छन् ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

८९औँ महासभामार्फत दी फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसियाले १९५औँ सदस्य राष्ट्रका रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ ।

इन्टरपोलको ९०औँ महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औँ महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

महासभाले इन्टरपोल अध्यक्षमा युएईका अहमद नासिर अल रैसी अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाइजेरियाका गार्बा बाबा उमर र अमेरिका महादेशका लागि ब्राजिलका भाल्डेसी उरक्विजा सहित नौ जना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिले इन्टरपोलको कार्यकारी समितिसम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना (२०२२–२०२५) कार्यक्रम तथा बजेट, कार्यनीति तथा रणनीति साझेदारी, बालबालिकाविरुद्धका अपराध, विद्युतीय अपराध, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराधलगायत विविध विषयमा छलफल भई महत्त्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, युएई, दक्षिण कोरिया, बङ्गलादेश, टर्कीलगायत मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस