१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ : महासचिव पोखरेल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने बताएका छन् ।

टोखा नगरपालिकाले आज आयोजना गरेको ‘नगर स्मारिका विमोचन, सहयोगीदातालाई सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । ‘जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनुपर्छ, स्थानीय सरकारले आफ्ना नागरिकलाई रोजगारी दिने वातावरण निर्माण गर्नुपर्छ’, उनले भने ।

सार्वजनिक सुनुवाइमार्फत जनताको अदालतको कठघरामा जनप्रतिनिधिलाई उभ्याएकोमा उनले टोखा नगरपालिकालाई धन्यवाद दिए । वर्तमान गठबन्धनको सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउन नचाहेको महासचिव पोखरेलले आरोप लगाए । अघिल्लो सरकारले एक हजार ४०० सडक निर्माण र ३०० अस्पताल निर्माण कार्य अघि बढाएको उनको भनाइ थियो । स्थानीय सरकारले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने नेता पोखरेलले बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासमा जनप्रतिनिधिमात्र नभएर स्थानीयवासीको समेत महत्वपूर्ण भूमिका रहेको बताए । संविधानले कल्पना गरेअनुसार बनेको स्थानीय सरकारले जनताको इच्छा र आकाङ्क्षाअनुसार काम गरेको उनको भनाइ थियो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाको विकास र समृद्धिका लागि जनप्रतिनिधि अहोरात्र खटेको बताए ।

कार्यक्रममा टोखा नगरपालिकाको सम्पूर्ण विवरण समेटिएको ‘हिजो, आज र भोलि’ वृत्तचित्र प्रस्तुत गरिनुका साथै नगरपालिकाको बारेमा निर्माण गरिएको ‘नगर स्मारिका’ विमोचन गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राधा ज्ञवाली, बागमती प्रदेशसभा सदस्य दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस