२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यान्माकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।

नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो । स्थानीय गाउँले परिवेशको ‘मानव दैनिकी’ शीर्षकको सिर्जना प्रतिस्पर्धामा समावेश छ । उक्त प्रदर्शनीमा ४६ देशका ३०२ कलाकृतिहरु समावेश हुने आयोजकले जनाएको छ । कूल ५१ देशका ४८३ कलाकृति प्राप्त भएकामा २०३ वटा सिर्जना छनोट भएको कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिए ।

प्रदर्शनीअन्तर्गत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा रु एक लाख ५० हजार बराबरको नगद तथा ६० हजार मूल्य बराबरको कलासामग्री पुरस्कारस्वरुप दिइनेछ । पुरस्कार छनोट समितिले सार्वजनिक गरेको विवरणअनुसार चीन, म्यान्मा, थाइल्यान्ड, रसिया र नेपालका सात कलाकारका कलाकृति उत्कृष्ट छनोट हुँदै नगर पुरस्कार प्राप्त गर्न लागेको हो । अन्य ६ कलाकारका सिर्जनाले पुरस्कारस्वरुप कला सामग्री प्राप्त गर्ने जनाइएको छ ।

पुरस्कार छनोट भएका सिर्जनामध्ये सर्वोत्कृष्ट हुँदै ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्डबाट म्यान्माका थिन स्विकीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । चीनका कलाकार रोंग जू कावोलाई ३०० (रु ३६ हजार), थाइल्यान्डका टोसापोरन, चान्टरासुकले २०० (रु २३ हजार ६००), रसियाका याकुवा भिक्टोरियाले १०० (रु ११ हजार ८००), म्यान्माका मियान्त नाइङ्गले ५० रु छ हजार डलरको पुरस्कार प्राप्त गरेका गुरुङले जानकारी दिए । नेपालका दुई कलाकार डी बराल र विश्वराज पराजुलीले पनि क्रमशः २५० (रु २५ हजार ५००) तथा ५० डलर (छ हजार) को पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कारका लागि नेपाली र विदेशीसहित आठ कलाकार छनोट समितिमा रहनुभएको थियो । पुरस्कार छनोट समितिमा भारतका अमित कपुर, अमेरिकाका स्टेला क्यानफिल्ड र एन्डी इभन्सन, नेपालका दिराम पाल्पाली र एनवी गुरुङ, चीनका हङ्ग स्याङ, सिङ्गापुरका ओङ किम सेङ र दक्षिण कोरियाका यू मी पाक सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस