२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार जना कारागारमा

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।

अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

बडादसैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहित परिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए ।

सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतोले दलेर मानव मलमूत्र खुवाएका थिए ।

सो घटनामा प्रहरीले कात्तिक १ गते अभियुक्तहरूलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस