२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

अ+ अ-

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउन्डेसन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेटर निःशुल्क उपलब्ध गराएको छ ।

हिजो (बिहीबार) आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे ।

मेसु डा. पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठुलो परिमाणमा अस्पताललाई पहिलो पटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गरे । उनले भने, ‘कोभिड–१९ को महामारीले हामीलाई ठुलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ ।’

निर्देशक बस्नेतले कोभिड–१९ को महामारीपछि नेपाल सरकारले सहयोगका लागि विश्वव्यापी रुपमा गरेको आग्रहबमोजिम हेक्याफको पहलमा सेवामूलक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चुजी फाउन्डेसनबाट भेन्टिलेटर प्राप्त भएको बताए ।

‘तेस्रो लहरको कोरोना भाइरस फैलिए बालबालिकालाई बढी असर पार्न सक्ने भनिएको छ’, उनले भने, ‘दातृ निकायसँग समन्वय गरेर उपलब्ध गराइएको भेन्टिलेटर बालबालिकासहित सबै उमेरका नागरिकको उपचारमा प्रयोग गर्न मिल्ने भनिएको छ ।’

हेक्याफले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर देशभरिका विभिन्न अस्पतालमा जम्मा २६५ थान यस्ता भेन्टिलेटर उपलब्ध गराउन लागेको छ । प्रतिगोटा यो भेन्टिलेटरको बजार मूल्य झन्डै रु २२ लाख पर्ने बताइएको छ ।

तीन दिनअघि कञ्चनपुरको महाकाली अस्पतालमा दुई थान भेन्टिलेटर उपलब्ध गराएको उक्त संस्थाले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो ।

ती उपकरणको सञ्चालनमा दक्ष जनशक्तिको अभाव हुँदा समस्या भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशका धेरै अस्पतालमा यस्तो समस्या झेल्नुपरेको छ ।

मेसु डा. पाण्डेयले भने, ‘कोरोनाको समस्यापछि अस्पतालमा बिरामीको उपचारका लागि यस्ता उपकरण प्राप्त भइरहे पनि दक्ष जनशक्ति नहुँदा स–सानो समस्याले त्यसै उपकरण थन्क्याएर राख्नुपर्ने समस्या छ ।’

प्रतिक्रिया दिनुहोस