२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको विकासमा भारतको साथ र सहयोग रहने सञ्चारमन्त्रीको विश्वास

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास प्रयासमा भारत सरकारको निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको सहज कार्यान्वयनमा भारतबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध सदैव सुमधुर रहने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले नेपालको विकासका मुद्दा, द्विपक्षीय आर्थिक सहयोग, व्यापार एवं लगानी अभिवृद्धिमा भारत सरकारबाट सहकार्य भएकामा कृतज्ञता ज्ञापन गरे ।

शिष्टाचार भेटमा राजदूत क्वात्राले नेपालको दूरसञ्चार क्षेत्रमा नवप्रविधिको विकास र आवश्यक लगानी भित्र्याउन सहजकर्ताको भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताउँदै दुई देशबीच जनस्तरमा रहेको सुमधुर सम्बन्धलाई थप प्रगाढ तुल्याउन सक्रियतापूर्वक लाग्ने दृढता पनि व्यक्त गरे ।

आजै मन्त्री कार्कीसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले पनि शिष्टाचार भेट गरेको उक्त मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री कार्कीले नेपाल र फ्रान्सबीच विद्यमान सुमधुर दौत्य सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको जानकारी दिँदै लोकतान्त्रिक मूल्यमान्यतालाई मजबुत रूपमा स्थापित गर्ने र समृद्धितर्फको यात्रामा अघि बढ्नु यो सरकारको लक्ष्य भएको बताए । उनले नेपालको समृद्धिका लागि मित्रराष्ट्र फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोगी हुने विश्वास पनि व्यक्त गरे ।

फ्रान्सेली राजदूतले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्वको प्रशंसा गर्दै नेपालमा फ्रान्सको पूँजी र प्रविधि लगानी गरी सुरक्षण मुद्रण स्थापना गर्ने, नेपालको राष्ट्रिय भूउपग्रह अन्तरिक्षमा राख्ने तथा द्विपक्षीय व्यापार अभिवृद्धिका लागि फ्रान्स र नेपालबीचको सहकार्यलाई घनिभूत बनाउन आफू सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको उक्त मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस