२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरी लगाउने काममा युवा पुस्ताको चासो घट्दो

अ+ अ-

खोटाङ । जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइरहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ ।

वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ ।

धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् ।

फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ । रातका समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लावासीमा जनविश्वास छ । बतासेका ६३ वर्षीय तीर्थबहादुर जोगी ४४ वर्षदेखि जिल्लावासीको शान्तिको कामनासहित फेरी लगाउने पेसामा सक्रिय रहेका छन् । तीर्थबहादुरको दुई छोराहरु पनि यही पेसाअर्थात् फेरी लगाउने काम गर्छन् । उनीहरु फेरी लगाउन जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुर र उदयपुरको गाईघाट बजारसम्म पुग्ने गरेका छन् ।

तीर्थबहादुर बाउ छोरा जस्तै बतासेका अन्य सबै १९ घरका जोगी समुदाय फेरी लगाउने पेसामै आबद्ध छन् । बतासेमा ती घरमध्ये भारती, गजुरनती र रिदनती थरका जोगी समुदायको बसोबास छ । बतासेका जोगी समुदायले आफूहरुलाई ‘गुरु गोरखनाथ’को चेलाका रूपमा अन्य समुदायलाई चिनाउने गरेका छन् ।

तीर्थबहादुरको जेठा छोरा ३५ वर्षीय कैलाश जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्र र कान्छा ३२ वर्षीय शङ्कर जोगी छिमेकी जिल्ला उदयपुरको गाईघाट पुगेर फेरी लगाइरहेका छन् ।

ती समुदायले आफूहरुबीच भूगोलसमेत निर्धारण गरेका छन् । आफ्नो वंशले गर्दै आएको क्षेत्रमा सोही वंशका व्यक्तिले मात्र फेरी लगाउने चलन रहेको बतासेका ५० वर्षीय लाखबहादुर जोगीले जानकारी दिए । ‘विसं २००७ देखि २०३७ सालसम्म ठेक्कामार्फत फेरी लगाउने चलन थियो’, उनले भने, ‘अहिले ठेक्का प्रणालीमार्फत फेरी लगाउने चलन हटेको छ । जोगी समुदायबीचमै आपसी समझदारीमा क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरिएको छ ।’

फेरी लगाएमा घरको रक्षा हुने, भूत पिचास नआउने जस्ता जनविश्वासका कारण आफूहरुलाई फोनमार्फत समेत स्थानीय बासिन्दाले आफ्नो गाउँ तथा घरमा आउन आग्रह गर्ने गरेको तीर्थबहादुरले बताएका छन् ।

‘धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परालाई वर्षौँदेखि हामीले निरन्तरता दिँदै आए पनि अहिलेसम्म राज्यको तर्फबाट भने कुनै संरक्षण तथा प्रवर्द्धनको काम भएको छैन’, उनले भने, ‘युवा पुस्ताले भने फेरी लगाउने पेसामा त्यति धेरै चासो देखाएका छैनन् । यसलाई संरक्षण र प्रवर्द्धन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने अवस्था आएको छ ।’

युवा पुस्ताले चासो नदेखाएका कारण आफूहरुको पालापछि यो परम्परालाई कसले निरन्तरता देला भन्ने बतासेका जोगी समुदायका पुर्खालाई चिन्ता बढेको देखिएको छ । पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि फेरी लगाउने पेसा सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको पाइएको छ ।

वैदेशिक रोजगारीका कारण युवापुस्ता बिदेसिने क्रम बढेसँगै फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्ने खतरा बढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए । ‘बतासेका जोगी समुदायलाई राज्यको तर्फबाट अहिलेसम्म केही गर्न सकिएको छैन’, उनले भने, ‘अहिले बतासेका नौ भाइ युवा विदेशमा छन् । फेरी लगाउँदाभन्दा विदेशमा राम्रो कमाइ हुने भएकाले अन्य युवा पनि बिदेसिने सम्भावना बढेको छ ।’

ती समुदायका हरेक पुरुष सदस्यले जीवनमा अनिवार्यरुपमा एक पटक फेरी लगाएर हिँड्नुपर्ने परम्परागत मान्यता रहेको बतासेकै ३१ वर्षीय धनकुमार जोगीले जानकारी दिए । ‘हाम्रो पुर्खौली पेसा भनेकै ‘फेरी’ लगाउने हो’, उनले भने, ‘आफ्नो परम्परादेखि चल्दै आएको पुर्खौली पेसालाई संरक्षण गर्नकै लागि भए पनि हरेक वर्षको दुई पटक गाउँ गाउँमा पुगेर फेरी लगाउने गरेको छु ।’

फेरी लगाउने जोगीले एकपल्टअर्थात् कात्तिक तथा चैत एक महिनामा रु एक लाखसम्म नगद तथा खाद्य सामग्री सङ्कलन गर्ने गरेका छन् । रातको समयमा फेरी लगाउनुपर्ने हुँदा उनीहरुमा चिसोले सताउने र रुघाखोकी जस्ता रोगसमेत देखिने गरेको छ ।

फेरी लगाउने परम्परा धार्मिक विश्वाससँग जोडिएको छ । फेरी लगाएर मात्रै यो समुदायमाथि उठ्न सक्ने अवस्था नरहेकाले पेसा नै सङ्कटमा पर्ने सम्भावना बढेको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताए । ‘फेरी लगाउने जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिक स्तरमा सबल बनाउन आवश्यक छ’, उनले भने, ‘लोप हुन लागेको जोगी समुदायको फेरी लगाउने पेसालाई संरक्षण तथा प्रवर्द्धन गर्न गाउँपालिकाले विशेष पहल गर्नेछ ।’

राति मात्र फेरी लगाउने जोगीहरु हरेक घरमा पुगेर चार सुर र मूल ढोकामा उभिएर शङ्ख बजाउँदै मन्त्र जाप गर्दछन् । फेरी लगाउँदा कसैसँग बोल्दैनन् तर, फेरी लगाई सकेपछि कसै स्थानीय बासिन्दाले ढोका खोली दिएमा उनीहरुको घरभित्रसमेत पसेर मन्त्र जाप गर्दै शङ्ख बजाउने गर्छन् ।

जोगीले धिमाल जातिको घरमा भने फेरी लगाउँदैनन् र भिक्षा अर्थात् दान/दक्षिणासमेत लिँदैनन् । धिमाल जाति र जोगीहरुको गोत्र मिल्ने भएकाले फेरी नलगाइएको तीर्थबहादुरले जानकारी दिए।

फेरी लगाउने जोगीले दश झोली बोक्ने गरेका छन् । बाह्र पन्थे जोगीको १२ झोलीमध्ये एउटा बाहुन र एउटा सन्यासीलाई दिइएकाले आफूहरुसँग दश वटा मात्रै झोली रहेको जोगी समुदायले बताउने गरेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका हलेसी, अर्खौले र चिसापानीमा जोगी समुदायको बसोबास छ । बतासेबाहेक अन्य ठाउँका जोगी समुदायले फेरी लगाउने पेसा छाडिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस