२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरेका हुन् ।

दीक्षान्त पश्चात वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गरेका थिए ।

सो अवसरमा मन्त्री गहतराजले नेपाल स्काउट युवालाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताए। उनले नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु पनि दृढ रहेको बताउँदै राष्ट्रिय अन्तरराष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए ।

समारोहमा वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणलाई सम्मानसमेत गरिएको थियो । मन्त्री गहतराजले स्काउट कार्यालय परिसरमा स्काउटका प्रर्वतक लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गरी भौतिक सम्पत्तिको बारेमा जानकारी लिंदै अवलोकन गरेका थिए।

कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका वरिष्ठ स्काउटर र स्थानीय तहका संयोजकलगायत स्काउटर तथा रोभर, रेन्जरको उपस्थिति रहेको थियो ।

नेपालमा सन् १९५२ मा स्थापना भएको स्काउट हालसम्म निरन्तररूपमा सबै जिल्लामा क्रियाशिल रहेको छ । अनुशासन, साहस एवम् सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको स्काउटको मिसनअनुसार नेपालमा युवालाई जिम्मेवार नागरिक बनाउने, उनीहरुको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य लिएको छ ।

स्काउट विशुद्ध गैरराजनीतिक एवम् सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धालाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस