२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा छ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

अ+ अ-

डोटी । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच/छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ ।

वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३/११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ ।

अवरुद्ध विद्युत् र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।

यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत् सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत् पोल पहिराले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत् केन्द्रका प्रमुख कुम्भराज जोशीले बताए ।

अवरुद्ध भएको फोन तथा विद्युत् सेवा सञ्चालन भएका कारण यहाँका नागरिकले यो विपद्का समयमा केही राहत महसुस गरेको दिपायल राजपुरका टेकबहादुर शाहले बताए ।

प्रमुख सहर बजारमा विद्युत् र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत अवरुद्ध हुँदा गाउँमा बाढी–पहिराले के–कति क्षति पुर्‍याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।

डोटीसँगै छिमेकी जिल्ला डडेल्धुरामा फोन र विद्युत् सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुन सकेको छैन ।

जिल्लाको जोरायल गाउँपालिका–६ गुनडमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेका ब्याट्री चार्ज हुन नसक्दा गाउँघरमा फोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जोरायल गाउँपालिका–६ निरौलीका सुरेन्द्रबहादुर बोहराले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बेमौसमी वर्षासँगै बाढीपहिराका कारण यहाँ हालसम्म १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते, ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता छन् ।

विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुई वटा झोलुङ्गे पुलमा क्षति भएको छ । जिल्लामा बाढी–पहिराका कारण भएको थप धनजन क्षतिका बारेमा खबर सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

क्षतिको विवरण सङ्कलन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ । वर्षाका कारण किसानले काटेका धान बाढी र पहिराले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पुरै धान डुबाएको छ ।

प्रतिक्रिया दिनुहोस