काठमाडौँ । काठमाडौँको कोलोपुलमा म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खटिएका खाद्य निरीक्षक र प्रहरीको संयुक्त टोलीले कालोपुलस्थित मेडिलिज ट्रेडर्स एण्ड स्टोर्सबाट ठुलो परिमाणका खाद्य सामग्री नष्ट गरेको हो ।
विभागका अनुसार म्याद नाघेका बिस्कुट, चाउचाउ, चामल, दाल, पीठोलगायत ४५ वटा बस्तुहरू जफत गरी स्थानीय पदाधिकारी, नगर प्रहरी, खाद्य व्यवसायीसमेतको रोहवरमा नष्ट गरिएको हो ।
दसैँ तिहार नजिकिँदै गर्दा सरकारले अनुगमन बढाएपछि बजारमा अखाद्यवस्तुहरुको बिगबिगी भने कम भएको छैन । साना मात्रै ठुला तथा नाम चलेका स्टोरहरुमासमेत यस्ता बस्तुहरू भेटिने गरेका छन् ।
