२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमदत्त नगरपालिकाको प्रोफाइल निर्माण

अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर प्रोफाइल निर्माण गरेको छ ।

नगरपालिकाले नगरका सबै तथ्याङ्कलाई अनलाइन अभिलेखीकरण गर्न सङ्घीयता सहयोग साझेदारी कार्यक्रमसँगको सहकार्यमा प्रोफाइल निर्माण गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताए।

उनका अनुसार नगर र नगरवासीसँग जोडिएका सबै सूचनाको अनलाइन अभिलेखीकरणका लागि नगर प्रोफाइल तयार गरिएको छ । प्रोफाइललाई नगर डाटा बैंकका रूपमा प्रयोग गरिने उनले बताए ।

देशभरिका ७५३ स्थानीय तहमध्ये १२ वटाले मात्रै हालसम्म नगर प्रोफाइल निर्माण गरेका छन् । प्रोफाइल निर्माणका लागि सबै वडामा गणक खटाइएको थियो । गणकबाट जनसङ्ख्या, घरधुरी, परिवारको विवरणलगायत तथ्याङ्क सङ्कलन गरिएको थियो ।

गत पुसमा सुरु भएको प्रोफाइल निर्माण कार्य कोरोना सङ्क्रमणले प्रभावित बनेको सूचना प्रविधि अधिकृत कलौनीले बताए । उनका अनुसार घरधुरी सर्वेक्षणबाट तथ्याङ्क सङ्कलन गरी अनलाइन अपडेट गरिएको छ । प्रोफाइलमा सबै वडाका घरधुरीको पेसा, रोजगारीको अवस्था, जनसङ्ख्या, उमेर, लिङ्ग, शिक्षा–स्वास्थ्यको अवस्थाबारे तथ्याङ्क राखिएको छ ।

त्यस्तै कृषि उत्पादन, जग्गा उपयोगको अवस्था, सवारी साधन तथा सूचना प्रविधिको प्रयोग पूर्वाधारको अवस्था, सार्वजनिक स्थान र सेवा प्रदायक कार्यालयका बारेमा पनि प्रोफाइलमा विवरण समेटिएको छ । पर्यटकीय क्षेत्रका बारेमा पनि जानकारी राखिएको छ ।

भिजिटरले सबै विवरण अनलाइनमार्फत हेर्न सक्नेछन् । नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सूचनामा सहज पहुँचका लागि नगर प्रोफाइल निर्माण गरिएको बताए । उनले योजना निर्माणका लागि तथ्याङ्क महत्त्वपूर्ण हुने भएकाले त्यसको अभिलेखीकरण गर्न नगर प्रोफाइल तयार पारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस