२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिका बेचेका आरोपमा महिला पक्राउ

अ+ अ-

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत हिजो (सोमबार) सार्वजनिक गरेको छ ।

विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका–९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

‘विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन्’, प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।’

प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।

चोरी मुद्दाका तीन प्रतिवादी सार्वजनिक

सुर्खेतका विभिन्न स्थानबाट फरक–फरक मालसामान चोरी गर्ने तीन प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी ५५ वर्षीय एक महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको जनाउँदै विसं २०७८ साउन २६ गते जिप्रकामा निवेदन हालेकी थिइन् । त्यसपश्चात् अनुसन्धान थालेको प्रहरीले आइतबार सुर्खेतबाट तीन व्यक्तिलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

त्यससँगै बरामद भएका विभिन्न सामान पनि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने प्रतिवादीमा वीरेन्द्रनगर नगरपालिका–५ का १९ वर्षीय भीष्म खत्री, २६ वर्षीय सुरज गुरुङ, ६ नं वडाका ३६ वर्षीय राजकुमार विक र एक बालक गरी चार रहेको प्रनाउ घर्तीले जनाए ।

दशीका आधारमा बरामद मालसमानसमा एक थान पोतेसहितको छड्के तिलहरी, एक थान सुनको बेरवा औँठी, एक थान पत्थर भएको सुनको औँठी, एक थान एलइडी टिभी, एक थान ३२ इन्चको टिभी र एक थान खुँडा रहेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस