२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति थापाको बिदाइ

अ+ अ-

काठमाडौँ । यही भदौ २४ देखि अनिवार्य अवकाशमा जान लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई औपचारिक रूपमा बिदाइ गरिएको छ ।

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मालगायत सेनाको उच्च अधिकारीको उपस्थितिमा आइतबार नेपाली सेनाले प्रधानसेनापति थापाको बिदाइ गरेको हो ।

कार्यक्रममा रक्षा सचिव पौड्यालले प्रधानसेनापति थापाले ४२ वर्ष लामो सैनिक जीवनको दौरान सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न अतुलनीय योगदान पु¥याएको चर्चा गरेका छन् । आगामी दिनमा रक्षा मन्त्रालय र नेपाली सेनाबिच साझा लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सहकार्य हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापति थापाको तीन वर्षे कार्यकालमा नेपाली सेनामा साङ्गठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तन आएको बताए । २४ भदौदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्ने शर्माले थापाले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको पनि उल्लेख गरे ।

प्रधानसेनापति थापाले पद्धति र प्रणालीलाई आत्मसात् गर्ने आधारभूत चरित्र निर्माणले नेपाली सेना आधुनिक र व्यावसायिक सेनाको रूपमा कायम हुने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति थापाले कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस