२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले बालबालिकाको अनलाइन खेललाई हप्ताको तीन घण्टामा सीमित गर्ने

अ+ अ-

बेइजिङ । चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती गर्ने घोषणा गरेको छ ।

अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरो पन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि अनलाइन खेलका लागि विश्वकै सबैभन्दा विशाल बजारका रूपमा लिइने चीनका प्राविधिकहरूले प्रशासनको दबाबमा यो निर्णय गरेका हुन् ।

अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउनेछन् । यसलाई प्राविधिकको विवेकी कदमका रूपमा अर्थ्याइएको छ ।

१८ वर्षमुनिका अनलाइन खेलाडीहरूलाई शुक्रबार, शनिबार र आइतबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मात्र अनलाइन खेल्न अनुमति दिइने कुरा चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जानकारी गराएको छ । प्राबिधिकहरूले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन् ।

नावालिगहरूले आफ्नो उमेरबारे झूट नबोलेको सुनिश्चित गर्न अनलाइन खेल्न दर्ता गर्दा खेल खेल्नेहरूले आफ्नो आइडी कार्ड प्रयोग गर्नु आवश्यक हुनेछ ।

यद्यपि बालबालिकाको मनोरञ्जनका लागि विद्यालय बिदामा उनीहरूले केही बढी समय खेल्न पाउनेछन् अर्थात् दैनिक तोकिएको समयभन्दा ६० मिनेट बढी खेल्न सक्नेछन् ।

चिनियाँ नेसनल प्रेस एन्ड पब्लिकेशन एडमिनिस्ट्रेशनल भनेको छ, ‘अनलाइन खेल खेल्ने लतले अध्ययन र सामान्य जीवनमा असर गरेको छ । थुप्रै आमाबाबु दुःखी भएका पाइएकोले खेलको नियमलाई सुधार गरिएको छ ।’

निर्णय अनुसार चीनले कम्पनीहरूलाई तोकिएको घण्टाबाहिर गेमिङ सेवा प्रदान गर्न निषेध गरेको छ तर नियम तोड्नेहरूलाई के सजाय दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन ।

सन् २०१९ को अन्तदेखि लगाइएको यस पहिलेको प्रतिबन्धले राती अबेर खेलहरू खेल्नमा प्रतिबन्ध लगाएको थियो र खेलाडीहरूलाई हरेक दिन ९० मिनेट र सप्ताहन्त र बिदाहरूमा तीन घण्टा मात्र खेल्न सक्ने गरी प्रतिबन्ध लगाएको थियो ।

हालैका महिनाहरूमा गर्दा चिनियाँ युवाहरूमाझ संस्कृतिप्रतिको रुचिमा वृद्धि गर्ने, आँखाको दृष्टि खराब हुँदै जान रोक्ने र अनलाइन खेलमा लाग्ने लतलाई कम गर्न लक्षित कार्यक्रमहरू ल्याइएको छ ।

चीन अडियो–भिडियो र डिजिटल प्रकाशन सङ्घका अनुसार यस वर्षको पहिलो छ महिनामा १३० अर्ब युआन (करिब २० अर्ब अमेरिकी डलर) राजस्व कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस